birat ribon

गाउँपालिकाले तोक्यो मलामीको संख्या, अब १२ जना मात्रै मलाम जान पाउने

Neuro
गाउँपालिकाले तोक्यो मलामीको संख्या, अब १२ जना मात्रै मलाम जान पाउने

गोरखा, २६ चैत । गोरखाको सिरानचोक गाउँपालिकाले कोरोना भाइरस संक्रमित संख्या वृद्धि भइरहेको अवस्थामा पूर्वसावधानी अपनाउन नयाँ नियम लागू गरेको छ ।

Padelux insider
cura insider

वडा नम्बर ७ श्रीनाथकोटले मलामीको संख्या निर्धारण गरेको छ ।

भीडभाड हुनसक्ने भएकाका कारण सामाजिक दूरी कायम गर्न भन्दै वडाले मलामी संख्या १२ जना तोकिदिएको छ ।

गाउँमा कोरोना सचेतना र अन्यत्र गाउँका मानिस भित्रन नदिन बनेको प्रतिकार्य समितिले वडाको समन्वयमा १२ जना मात्र मलामी जान पाउने भन्दै कडा नियम लागू गरेको हो ।

कोरोना प्रतिकार्य समितिले मलामी संख्या निर्धारण गरिदिएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।

जसअनुसार गत सोमबार गोहोरेकी ९७ वर्षीया एक वृद्धाको निधन हुँदा पनि १२ जना मात्रै मलामी गएका थिए ।

jackson ribon