मधुमेहका बिरामीहरूका लागि डाइट चार्टको नमूना मेनु

विराटनगर, २६ चैत । मधुमेहका बिरामीले खानपानमा एकदम नियन्त्रण गर्नुपर्छ । बिरामीले खानाको मात्रा, र खाने समयलाई रुटिन बनाएर यसलाई पालना गर्नुपर्ने हुन्छ ।

मानिसले दिनदिनै बेग्लाबेग्लै परिणाम र बेग्लै किसिमको खाना खान थाल्यो भने शरीरमा चाहिने इन्सुलिनको मात्रा निश्चित गर्न गाह्रो हुन्छ । तर, सँधै एकनासको खाना पनि मानिसलाई मन पर्दैन ।

त्रिवि शिक्षण अस्पतालको डाइटरी विभागले बनाएको १६०० क्यालोरी डाइबेटिक मेनु अर्थात् दिनभरीमा खान हुने खानाको नमूना मेनु यस प्रकारको छ:

बिहानको नास्ता – दूध १ गिलास, अण्डा १ वटा र पाउरोटी एक पिस वा सुगरफ्री क्राकर
बिहानको खाना – भात २ गिलास, दाल १ गिलास, सब्जी इच्छाअनुसार (कम्तिमा ३०० ग्राम), गेडागुडी वा पनिर आधी गिलास, भेज सुप वा गरिन सलाद इच्छाअनुसार
दिउँसोको खाजा – दूध १ गिलास, पाउरोटीर ओट्सर रोटी वा कर्न फ्लेक्स र फलफुल एउटा

बेलुकाको खाना – रोटी २ देखि ३ ओटा, दाल एक गिलास (दालको साटो दूध वा अण्डा लिन सकिने), मासु २ देखि ४ टुक्रा (छाला नभएको सानो टुक्रा), सागसब्जी इच्छाअनुसार, ग्रिन सलादरसुप इच्छाअनुसार

तल उल्लेख गरिएको फलफूलमध्ये दिनमा कुनै एक फलफूल खान सकिने
स्याउ १ मध्यम
केरा १ सानो
अंगुर १५ देखि २० ओटा
अम्बा २ मध्यम
मौसम १ मध्यम
आँप १–२ मध्यम
सुन्तला १ मध्यम
आरु १–२ मध्यम
अनार १ सानो
आलुबखडा २ देखि ३ ओटा

Loading...