कोरोना प्रभावितका लागि रकम जुटाउन पूर्वखेलाडीहरूको ‘एल क्लासिको’

एजेन्सी, २६ चैत । स्पेनिस क्लब रियल मड्रिडका पूर्वगोलरक्षक इकर क्यासिल्लासले कोरोना प्रभावितका रकम जुटाउन ‘एल क्लासिको’ खेलाउन सुझाव दिएका छन् ।

१४ वर्ष रियलको गोलपोस्ट सम्हालेका क्यासिल्लासले रियल र बार्सिलोनाका पूर्वखेलाडी भेला भएर ‘एल क्लासिको’ गर्न सुझाव दिएका हुन् ।

कोरोना महामारीबाट प्रभावितका लागि पूर्वखेलाडीहरू मिलेर एल क्लासिको गर्न उनले सुझाव दिएको ‘फुटबोल बाइबल’ले जनाएको छ ।

कोरोनाको महमारी सकिएपछि पुराना खेलाडी र समर्थकहरू भेला भएर भब्य एल क्लासिको गर्न र रकम जुटाएर प्रभावितलाई सहयोग गर्न उनले सुझाएका हुन् ।

उनले भनेका छन्, ‘जब कोरोना भाइरसको महामारी नियन्त्रणमा आउँछ, तब हामी रियल मड्रिड र बार्सिलोनाका पूर्वखेलाडी मिलेर एल क्लासिको खेल्नुपर्छ । र, त्यहाँ संकलित रकम कोरोनाबाट प्रभावितका लागि सहयोग गर्नुपर्छ । मलाई लाग्छ यो उपाय धेरै नै राम्रो हुनेछ ।’

क्यासिल्लासले १९९९ देखि २०१५ सम्म रियलबाट खेलेका थिए ।

स्पेनिस गोलरक्षक क्यासिलास सन् २०१५ देखि २०२० सम्म पोर्टोबाट खेले र सन्यासको घोषणा गरे ।

उनले १८ फेब्रुअरी २०२० मा सन्यासको घोषणा गरेका हुन् ।

Loading...