इलामको क्वारेन्टाइनबाट भागेका युवक भेटिए

इलाम, २६ चैत । इलामको क्वारेन्टाइनबाट सोमबार भागेका २२ वर्षीय सरोज अधिकारी मंगलबार भेटिएका छन् ।

सोमबार राति क्वारेन्टाइन वार्डको झ्यालबाट भागेका अधिकारी मंगलबार इलाम नगरपालिका ९ को सिंहबाहिनी मन्दिरमा भेटिएका हुन् ।

आइतबार इलाम नगरपालिका ६ सिङ्गफ्रिङ्गमा रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका उनी झ्यालबाट भागेका थिए ।

मन्दिरको बाटो हुँदै गोलाखर्कतर्फ जान लागेको अवस्थामा भेटिएका उनलाई फेरि क्वारेन्टनाइनमा राखिएको छ ।

इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङ्गका अधिकारी केही दिनअघि भारतको सिलिगुडीबाट नेपाल आएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) हीराबहादुर पाण्डेले जानकारी दिए ।

Loading...