कोभिड १९ संगको युद्धमा इटालीबाट सिक्नुपर्ने कुराहरु

गिरिजा कुमार भट्टराई

कोरोना भाइरसको उद्गमथलो चीनको बुहानबाट फैलिन सुरु गरेको संक्रमण ३१ जनवरी, २०२० का दिन चाइनाबाट इटलीको रोम शहरमा भ्रमणका लागिगएका दुई पर्यटकमा पहिलोपटक देखियो ।

यसको संक्रमण देखिएपश्चात पनि इटालीको सरकारले यसलाई सामान्य रुपमा लियो । यसको एक हप्तापछि, चीनको बुहानमा रहेको एक इटालियन नागरिकमा कोरोना भाइरसको संक्रमण देखियो र उनलाई आफ्नै देश फकाईयो । संक्रमितको संख्या तीन पुगेसँगै अस्पतालमा उपचार गर्न थालियो ।

तेश्रो केस इटालीमा देखिँदासम्म पनि त्यहाँका जनताहरुले यसलाई गम्भीर रुपमालिएनन् । दैनिक रुपमा सञ्चालन गरिने सम्पूर्ण क्रियाकलापहरु समान्य रुपमा अघि बढाइयो ।

यस समयसम्म यो घटना सबैको लागि एक सामान्य समाचार मात्र बनिरहेको थियो । फेब्रुअरी २१ का दिनलोम्बार्डी भन्ने शहरमा अचानक १६ वटा संक्रमणका केसहरु सामने आइपुग्यो ।

यस सुन्दर र व्यस्त शहरले कहिले पनि सोचेन कि यो संक्रमण हामीलाई पनि हुनसक्छ भनेर । काम, व्यवसाय, उद्योग, लगानी, मनोरञ्जन, भ्रमण तथा खेल जस्ता कृयकलापहरु नियमित रुपमा हुँदैगए । मानिसहरुलाई लाग्नथालेको थियो कि यो अरुलाई भएको संक्रमण हो,

हामीकहाँ कहिल्यै पनि आइपुग्दैन । यस प्रकारको सोच आउनपनि स्वभाविक हो किनकि इटाली विश्वकै स्वाथ्यउपचारमा उत्कृष्ट मध्ये एक मुलुकहो ।

यसपछि के भयो ?

कोभिड १९ को संक्रमण अब उत्तर इटालीभर फैलिइसकेको थियो । इटालियन सरकारले यसलाई हट्सपटको रुपमापहिचानग¥र्यो । जब संक्रमित स्थानपहिचान गर्न थालियो, समय धेरै बितिसकेको थियो ।

अब पहिचान गरेको स्थान मात्र होइन तर पूरै लोम्बार्डी शरह लकडाउन गर्नुपर्ने स्थिति आयो । ८ मार्चमा इटालीका प्रधानमन्त्री कोन्टीले उत्तरी शहरको १४ स्थानकामानिसहरुलाई क्वारेन्टिनमा राख्ने निर्णय गरे ।

सुरुमा सहज रुपमालिएको संक्रमण यसरी फैलिनथाल्यो कि २१ मार्चमा इटालियन सरकारले सम्पूर्ण व्यवसाय, कलकारखाना, बजार, विद्यालय, भेटघाट र अन्य सबै क्रियालकलाप बन्द गराउने निर्णय गरे ।

तर ६ अप्रिलसम्मआइपुग्दा इटाली अब विश्वकै कोभिड १९ को परेडस्थलमध्ये एक बन्यो । समयमाध्यान पु¥याउननसक्दा इटाली सरकारले अतुलनीयक्षतिव्यहोर्नुपरयो ।

सबै उद्योगहरु बन्दभए, व्यवसायहरु धराशायी भए, क्रियाशीलमानिसहरु घरमा बन्दहुनपुगे, अस्पतालमा बिरामीहरु खचाखच भरिन थाले, कहिल्यै नदेखेको मृत्युको भयले मानिसलाई पिरोल्न थाल्यो ।

संसारमा स्वास्थ्य उपचारमा अग्र स्थानमा रहेको इटाली अब घुँडा टेक्नुपर्ने अवस्थामाआयो । कहिल्यै नसुनेकाचित्कारहरु सुनिनथाल्यो ।दैनिक औषत हजारको हाराहारीमा मानिसहरु मर्न थाले ।

चाइनामा ३हजार ३ सय३१ जनाको मृत्यु भएको थियो भने आजको दिनसम्म इटालीमा १६हजार ५ सय २३ मानिसहरुको मृत्यु भइसकेको छ । इटालीको रोमको सभ्यता कहिले सुरुभयो भन्ने यकिन इतिहास छैन, त्यस्तो देशलाई यस महामारीले अब थलापार्न थाल्यो ।

अब अस्पतालमा उपचारार्थ, आवश्यक किटको आवश्यकता टड्कारो पर्न थाल्यो । एकै दिनमा हजार्रौ मानिसहरु अस्पतालमा भर्ना हुनथाले । तर उपचारको लागि आवश्यक पर्नेपीपीई सेट, भेन्टिलेटर, टेस्टिङ किट, औषधि र आवश्यक पर्ने बेडको समेत हाहाकार हुनथाल्यो ।

यस अवस्थामा चाइनाबाट मगाएको किट्हरु पनि मापदण्ड अनुसार भएनन्, अब जे कुरा उपलब्धथियो सोहीको उच्चतमप्रयोग गरीउपचार गर्नुपर्ने अवस्था सृजनाभयो ।

यस कठिन परिस्थितिमा युरोपियन युनियनमा भएको कारणले, यहाँबाट पनि केही सहयोगको अपेक्षा गरिएको थियो, तर सोचेजस्तो प्रतिक्रिया त्यहाँबाट पनि आएन । यसको परिणाम सायद इटाली तंग्रिएपछि देखिएला, जसरी बेलायत ईयुबाटपहिले नै अलगभइसकेको छ ।

यस्तो अवस्था सिर्जनाहुँदा डाक्टरहरु तथा नर्सहरु आफैं संक्रमित हुनथाले । ७० जनाभन्दा बढी डाक्टर र नर्सको समेत मृत्यु भयो, तर यस्तो अवस्थामा उपचारमा संलग्न ८ हजार डाक्टरहरु र स्वयंमसेवकहरुभाग्नेकाम गरेनन् ।

संक्रमण रोक्ने प्रयास ढिलै भएपनियहाँको सरकारले आफ्नो नागरिकको सुरक्षाको लागि गर्नुपर्ने सबै दायित्य पूरा गर्दै आयो ।

२१ दिनको संघर्षपछि पहिलो पटक ५ अप्रिलमा मृतकको संख्यामा कमी आयो र यो निरन्तर कमहुने क्रममागइरहेको छ । नयाँ संक्रमणको केसहरुमा पनि कमीआएको देखिन्छ ।

संघर्षमा पनि प्राविधिक विकास

नेपालीउखान छ “सबैकुरा खानु तर कहिल्यै हरेस नखानु” ।

यहीउखानइटालीमाप्रचलनमानभएपनिजीवन र मृत्युको संघर्षमा उभिएका डाक्टरहरुले उपचार प्रविधिमाउल्लेख्य विकास गरेका छन् ।

अहिले जसरी विश्वका धेरै मूलुकहरु भाइरस निको गर्ने औषधिपत्तालगाउनविविध अनुसन्धान र प्रयोग गरिरहेको छ, त्यसरी नै इटालीका वैज्ञानिकहरुले अनुसन्धान र उपचारलाई निरन्तरतादिएका छन् ।

उपचारमा संलग्न डाक्टरहरुको मृत्यु भएतापनिउपचारलाई अझ कसरी प्रभावकारी बनाउन सकिन्छ भनिलागिपरेका छन् ।

त्यहाँको भयावहअवस्थालाई मध्यनजरगर्दै पहिलो चरणमा स्विस सरकारले ६ वटा रोबर्ट र अन्यउपचारमा आवश्यक सामाग्रीहरु सहयोग गर्यो, जसले गर्दा त्यहाँकार्यरत डाक्टर र नर्सहरुलाई थपहौसलाप्रदानगर्यो ।

अहिलेसम्म २२हजार ८ सय ३७ जनानिको भई घर फर्किसकेका छन् ।स्विटजरल्याण्ड सरकारले उपलब्ध गराएको केही रोबर्टहरु टाउकाबिहीन छन् जसमा ६ वटा चक्काहरु जडान गरिएका छन् । यी रोबर्टहरुलाई इन्टेन्सिभ केयर युनिटमा प्रयोग गरिएकोछ ।

यसको प्रयोगले उपचारको समयमा संक्रमण फैलिन सक्ने जोखिमलाई केहीहदसम्म न्यूनीकरण गरेकोछ । यस रोबर्टले बिरामीमा देखा परेका विभिन्न संकेत तथाविवरणहरु पेश गर्दछ ।

यसरी विवरण रोबर्टले नै सम्प्रेषण गर्नेहुँदा डाक्टर–बिरामीको सम्पर्कमा बारम्बार जानु पर्दैन । अहोरात्र खटिएका डाक्टरहरुमा यस सहायताले उनीहरुको मुहारमा मुस्कान फर्काएको मात्रहोइन, उनीहरुमा हौसला समेत बढाएको छ ।

सबैलाई दिएको शिक्षा

यस घटनाबाट इटाली सरकार निकै सजगभएको छ । सारा संसारले यसबाट राम्रो पाठ सिक्न सकेको छ कि हामी सबै एउटै डुंगामा छौं । एक कुना त डुबेको हो नि हाम्रोतिर केहीपनिभएको छैन भन्ने सोचाइलाई यो संक्रमणले मुक्काहानेको छ ।

सुरुमा चाइनामा मात्र फैलिएको हो हामीकहाँआउन सक्दैन, आइहाले यसलाई हामी सहजै निदान गर्र्छौ भन्ने भ्रमलाई यसले चिरिदिएको छ । तर इटाली सरकार गम्भीर रुपमायसलाई निदान गर्न लागिपरेकोछ ।

यहाँको सरकारले अहिलेको अवस्थालाई मध्यनजर गर्दै हाल गरिएको लकडाउन अझ केही समयलाई लम्ब्याउने तय गरेको छ । अर्थतन्त्रभन्दा पनि मानवअस्तित्व ठूलो हो भन्नेकुरा स्पष्टसँग बुझन सकिन्छ ।

Loading...