बर्नार्डेस्चीको सट्टामा राकिटिक दिन बार्सिलोनासँग युभेन्टसको माग

एजेन्सी, २६ चैत । बार्सिलोनाले इटालियन क्लब युभेन्टसका मिडफिल्डर फेडेरिको बर्नार्डेस्ची भित्र्याउने योजना बनाएको बताइएको छ ।

‘क्याल्सिमेर्काटो’का अनुसार बार्सिलोनाले यसै सिजन बर्नार्डेस्चीलाई क्लबमा अनुबन्ध गर्ने योजना बनाएको छ ।

तर, युभेन्टसले भने बर्नार्डेस्चीको सट्टामा इभान राकिटक वा सामुअल उम्टीटी दिनुपर्ने माग राखेको छ ।

युभेन्टसले क्रोएशियन मिडफिल्डर राकिटिकलाई प्राथमिकतामा राखेको ‘क्याल्सिमेर्काटो’ले जनाएको छ ।

Loading...