कोरोना भाइरससँग जोडिएका ७ झुटा समाचार

एजेन्सी, २६ चैत । कोरोना भाइरस संसारभरि फैलिँदै जाँदा मानिसहरूमा यसको त्रास बढेसँगै इन्टरनेट तथा कुरै नबुझी मानिसहरूले कोरोना भाइरसका बारेमा धेरै समाचारहरू फैलाइरहेका छन् ।

संसारभरि त्रास फैलिरहेको बेलामा कोरोनाका बारेमा गलत सूचना प्रवाह भइरहँदा बिबिसीले मानिसहरूले जोगिनु पर्ने ७ गलत समाचारहरू सार्वजनिक गरेका छन् ।

१. अफ्रिकाका नागरिकहरूमा खोपको परीक्षणः अफ्रिकी मानिसहरूलाई कोरोनाभाइरसविरुद्धको खोप परीक्षणमा प्रयोग गरिने वस्तु बनाइएको भन्दै सामाजिक सञ्जालमा यो खबर फैलिरहेको छ ।

तर, कोरोना भाइरसको खोप बनिसकेको छैन र थोरै संख्याका वैज्ञानिक अनुसन्धान हाल अफ्रिकी देशहरूमा भइरहेका छैनन् ।

२. कालो छाला कोभिड–१९ प्रतिरोधीः सामाजिक सञ्जालमा बारम्बार कालो छाला भएका मानिसलाई कोरोना नलाग्ने हल्ला चलिरहेको छ ।

नेलशन मण्डेला स्कूल अफ मेडिसिनका प्राध्यापक थुम्बी नुङ्गुले उक्त धारणालाई प्रमाणित गर्ने कुनै पनि आधार नभएको र कालो छाला भएका मानिसहरूलाई पनि सङ्क्रमण भइरहेको बताएका छन् ।

३. चिनी नहालेको कालो चियाले कोरोना भाइरसलाई निको हुनेः स्वस्थ हुन शरीरमा पानीको मात्रा पर्याप्त हुनु महत्त्वपूर्ण हुन्छ तर, चिनी नहालेको कालो चियो पिउँदा कोरोना भाइरसलाई निको पार्दैन ।

४. कोरोनाभाइरसबाट जोगिन दाह्री काट्नुपर्छः अमेरिकी स्वास्थ्य अधिकारीहरूले दाह्री र रेस्पिरेटरका बारेमा तयार पारेका पुराना ग्राफ्रिक्सहरूलाई गलत रूपले सेयर गर्दै कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन पुरुषहरूले दाह्री काट्नुपर्ने भन्दै गलत सन्देश फैलाइएको हो ।

५. कोरोनाभाइरसविरुद्ध ‘लडिरहेका’ नाइजेरियाली धर्मप्रचारकः डेभिड किङलिओ इलेजाह नामक धर्मप्रचारकले भाइरसलाई नष्ट पार्न आफू चीन गएको र सङ्क्रमण लागेपछि अस्पतालमा भर्ना भएको तस्विरहरू सार्वजनिक भएका थिए ।

अस्पतालमा रहेको भन्ने दाबी गर्ने तस्बिर सन् २०१७ मा नै अस्पतालमा ज्यान गुमाएका एक नाइजेरियाली लोकप्रिय अभिनेताको रहेको खुलेको छ ।

६. मरिचको झोलले निको हुन्छः नाइजेरियामा मरिचको उमालेको झोल पिउँदा कोरोना भाइरसलाई निको बनाउने दाबी गरेका खबर व्यापक रूपमा सेयर गरिएको थियो ।

कोरोना भाइरसको अहिलेसम्म कुनै प्रकारको औषधि तथा घरेलु उपचार छैन ।

७. फाइभ जीले कोरोना भाइरस सार्छः फाइभ जी प्रविधिले कोरोना भाइरसको सङ्क्रमण सार्न भूमिका खेल्छ भन्ने दाबी गरिएका षड्यन्त्रमूलक प्रचारहरूको वैज्ञानिक समुदायले जैविक रूपमा त्यस्तो सम्भावना नरहेको भन्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेका छन् ।

फाइभ जीले मानिसको रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाएर सङ्क्रमणको जोखिम बढाउने र फाइभ जी प्रविधिबाट पनि कुनै किसिमले भाइरस सर्ने दाबी गरिएको खबर अहिले सम्मकै खराब प्रतिक्रिया पाएको झुटो समाचार रहेको छ ।

Loading...