कालीमाटीमा केही कारोबार नहुने

काठमाडौं, २६ चैत । कालीमाटीमा केही दिनका लागि फलफुल तथा तरकारीको कारोबार नहुने भएको छ । बजारमा अत्याधिक भिड बड्न थालेपछि केही दिनका लागि कारोबारमा रोक लगाइएको हो ।

अब विभिन्न ११ ठाउँबाट यस स्थानको तरकारी तथा फलफुल बेच्ने तयारी भएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । अब कालीमाटीमा तरकारी तथा फलफुलको भण्डरण मात्र गरिने छ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि बजारबाट कारोबार नगर्ने महानगरले निर्णय गरेको थियो । लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकोमा भिड बढेपछि बिक्रीको अर्को व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

Loading...