संक्रमितको उपचारमा सहभागीको मृत्यु भएमा ५० लाख दिने, सीमामा सशस्त्र र नेपाल प्रहरीको चेकपोष्ट

विराटनगर, २६ चैत । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिँदा कसैले ज्यान गुमाए तीनको परिवारलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाउने स्वास्थ्यकर्मीसहित कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकबाट गरेको हो ।

कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा गैरसरकारी अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका ५० लाख प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको हो। हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

लकडाउन कार्यन्वयनका लागि प्रदेश १ का दुई सुरक्षा निकाय आक्रमक रुपमा उत्रिने तयारीमा लागेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले भारतीय सीमा क्षेत्रमा चेकपोष्ट थप गर्नेदेखि लकडाउन उल्लंघन गर्ने जोसुकैलाई पनि पक्राउ गर्नेदेखि तयारी अघि बढाएका हुन् ।

भारतीय खुल्ला सीमा नाकाका कारण दैनिक सयौं भारतीय नेपालतर्फ प्रवेश गरिरहेको सूचना पाएपछि सशस्त्र प्रहरीले इलाम, झापा, मोरङ र सुनसरीस्थित सीमा क्षेत्रमा १ सय ५१ वटा चेकपोष्ट थप्ने तयारी गरेको छ । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...