सातै प्रदेशमा कोरोना परीक्षण, युवतीसँगै आएका तेह्र जनामा भाइरस फेला परेन

काठमाडौँ, २६ चैत । सातवटै प्रदेशका कोरोना भाइरस ९कोभिड १९०का प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा कोरोना भाइरस ९कोभिड–१९०को आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले सो जानकारी दिएका छन् । उनका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उनले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

कोरोना भाईरस कोविड १९ को आशंकामा नमूना सङकलन गरी परीक्षणमा पठाइएका उदयपुरका १३ जनामा भाइरस फेला नपरेको बताइएको छ । फ्रान्सबाट आएकी युवतीसँगै कतार एयलाईन्सको विमानबाट उदयपुर आएका लिम्चुङ्गबुङ्ग गाउँपालिकाका युवासहित स्वाब परीक्षणमा पठाइएका जिल्लाका १३ जनाकै रिपोटमा भाइरस नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताएका छन् ।

परीक्षणका लागि विदेशबाट आएका त्रियुगा नगरपालिकाबाट आठ, लिम्चुङ्गबुङ्ग गाउँपालिकाबाट चार र बेलका नगरपालिकाबाट एकजनाको स्वाब सङ्कलन गरी पठाइएकामा ती सबैको नतिजा यस्तो आएको हो । हालसम्म उदयपुर जिल्लामा संक्रमण देखानपरेको जनस्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Loading...