प्रदेश १ मा क्वारेन्टाइनमा बस्नेको संख्या थपियो

विराटनगर, २५ चैत्र । प्रदेश १ मा बेड संख्यासंगै क्वारेन्टाइनमा बस्ने सर्वसाधारणको संख्यापनि थप गरिएको छ ।
मंगलबार क्वारेन्टाइन बेड संख्या थप गरी ४ हजार १ सय १५ पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश १ कोरोना सूचना डेस्कका अनुसार सोमबारसम्म क्वारेन्टाइन स्थल २ सय ५१ रहेकोमा मंगलबार तीनवटा थप गरी २ सय ५४ पुगेको छ ।
यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या पनि थप भएको छ । मंगलबारसम्म जम्मा २ हजार ८ सय ८५ जना क्वारेनटाइनमा छन् ।
सोमबारसम्म क्वारेन्टाइनमा २ हजार ८ सय ४७ जना थिए । मंगलबार २ महिला र ३८ पुरुष क्वारेन्टाइनमा बस्न गएका छन् ।
यता आइसोलेसनमा रहेका २१ जना डिस्चार्ज भएका छन् । सोमबार डिस्चार्ज हुने संख्या ११ थियो ।
प्रदेश १ मा मंगलबारसम्म ९० जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । नमूना परीक्षण गरिएकामध्ये ८५ जनाको रिर्पोट नेगोटिभ आएको छ ।

Loading...