कोरोना विरुद्धको लडाईमा सरकारलाई सघाउँछौं– कांग्रेस

काठमाडौं, २५ चैत । कोरोना भाइरस विरुद्धको लडाईमा सरकारलाई सघाउने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ ।

वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई सघाउने बताएकाे हाे ।

मंगलबार पार्टी पदाधिकारी, प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक र राष्ट्रियसभाका प्रतिपक्षी नेतासमेत सहभागी बैठकले सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यकर्मीको मानवीय भावना र समर्पणले कोरोनाविरुद्धको सङ्घर्षमा सफलता मिल्ने उल्लेख गर्दै पार्टीले देशभरिका स्वास्थकर्मीप्रति उच्च सम्मान प्रकट गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।रासस

Loading...