Rumpum

Rumpum Advertisement

कोरोना भाइरसको कारण राष्ट्र बैंकमाथि चुनौति

कोरोना भाइरसको कारण राष्ट्र बैंकमाथि चुनौति

काठमाडौं, २५ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९ ) को कारण राष्ट्र बैंकमाथि चुनौति थपिएको बताएका छन् ।

मंगलबार पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुराकानीमा उनले कोभिड–१९ को असर अर्थतन्त्रमा पर्ने र त्यसको प्रत्यक्ष चुनौति राष्ट्र बैंक माथि हुने बताए ।

गर्भनर अधिकारीले वित्तीय क्षेत्रलाई खराब अवस्थमा जान नदिन र नागरिकको विश्वासलाई जोगाउनका लागि धेरै खालका वित्तीय उपकरणहरु प्रयोग गरिने समेत बताए ।

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवरा समक्ष मंगलबार बिहान सपथ ग्रहण गरेपछि गभर्नर अधिकारी बालुवाटार स्थित केन्द्रीय बैंकको कार्यालय पुगेर पदभार ग्रहण गरे । मन्त्रिपरिषद्को सोमबारको बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरको रुपमा नियुक्त गरेको हो ।