विराटनगरमा पनि ‘कोरोना टेस्टिङ बुथ’ तयार

विराटनगर, २५ चैत । विराटनगरका युवाहरूले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको परीक्षणका लागि कोरोना टेस्टिङ बुथ तयार गरेका छन् ।

विराटनगर महानगरपालिकाको सहयाेगमा युवाहरूले दुई वटा टेस्टिङ बुथ तयार गरेका हुन् ।

टेस्टिङ बुथ महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गर्नेछ ।

दुई दिन समय लगाएर बुथ तयार गरिएको निर्माणका खटिएका युवा रिसभ आचार्यले जानकारी दिए ।

विकसित मुलुकहरूमा कोरोनाको शंकास्पद विरामीको परीक्षणका क्रममा बुथको प्रयोग गरिन्छ ।

शिक्षा क्षेत्रमा काम गर्दै आएको कारखाना विराटनगर, विनडोर सोलुसन र महानगरपालिकाको प्रयासमा बुथ निर्माण गरिएको हो ।

बुथबाट आशंका गरिएको व्यक्तिको थ्रोट स्वाब संकलन गर्दा स्वास्थ्यकर्मीलाई पीपीई सेटको आवश्यकता नभएको बताइएको छ ।

विराटनगरमा ‘स्वाब संकलन बुथ’ तयार – कोशी रिपोर्ट

विराटनगरका युवाहरूले कोरोना भाइरस संक्रमणको शंकास्पद बिरामीको परीक्षणका लागि स्वाब संकलन बुथ तयार गरेका छन् ।विराटनगर महानगरपालिकाको आग्रहमा युवाहरूले दुई वटा स्वाब संकलन बुथ तयार गरेका हुन् ।

Posted by Koshi Online on Tuesday, April 7, 2020
Loading...