Rumpum

Rumpum Advertisement

इम्युनिटी बढाउने अंगुरका अनेकौं फाइदा

इम्युनिटी बढाउने अंगुरका अनेकौं फाइदा

विराटनगर, २५ चैत । अंगुर रसिलो र सबैलाई मनपर्ने फलफूलमध्ये एक हो र अहिले अंगुरको सिजन सुरु भइसकेको छ ।

अंगुरलाई यतिकै खानुका साथै किसमिस, वाइन, जाम, जुस, जेली, भिनेगर, रेजिन, बियाँका तेल तथा औषधि लगायतका धेरै चिजहरू बनाउने काममा प्रयोग गरिन्छ ।

अंगुरमा प्रशस्त मात्रामा भिटामिन, पोटाशियम, आइरनसहितका चिनी, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका पौष्टिक तत्व पाइन्छ ।

अंगुरको सेवन गर्दा तत्काल ऊर्जा प्राप्त हुन्छ ।

अंगुरको सेवनले शरीरमा रोगप्रतिरोघात्मक क्षमतालाई बढाएर चिसो लाग्नबाट बचाउँछ र रुघाखोकी लाग्न दिँदैन ।

दिनमा १० देखि १५ ओटा अंगुरको सेवनले पाचन शक्तिलाई स्वस्थ राखी कब्जियत, अपच जस्ता पेट सम्बन्धि समस्याबाट टाढा राख्छ ।

नियमित अंगुरको सेवनले शरीरको खराब कोलेस्टेरोल कम गरी किड्नीको समस्या तथा युरिक एसिडलाई समेत कम गर्न सहयोग गर्छ ।

अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाएर रगत जम्नबाट रोक्छ र मुटुसम्बन्धी रोगको खतराबाट जोगाउँछ ।

अंगुरको नियमित सेवनबाट माइग्रेनको समस्यालाई समाधान गरि छालाको घाउ, खटिरा निको पारेर सौन्दर्यमा निखार आउँछ ।

अंगुरको सेवन वृद्ध अवस्थामा हुने मांसपेशीसम्बन्धीको समस्या, मोतिबिन्दु र क्यान्सरमा समेत उपयोगी मानिन्छ ।

अंगुरमा प्रशस्त मात्रामा चिनी पाइने हुँदा मधुमेहको समस्या भएका मानिसहरूले अंगुर खादा एकदम ध्यान पु¥याउनु पर्छ ।