काठमाण्डौ , २५ चैत । निक साइमन्स इन्स्टीच्युटले सरकारलाई १० थान पोर्टेबल भेन्टिलेटरहरु सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएका बिरामीलाई उपचार सहज बनाउन इन्स्टीच्युटका कार्यकारी निर्देशक डा अनिलबहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा १० थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन ।
इन्स्टीच्युटले यसअघि पनि विभिन्न ४७ वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा १ हजार थान पीपीइ सेट उपलब्ध गराएको थयो ।
उपलब्ध भेन्टिलेटरहरु मध्ये २ थान सूदुरपश्चिम प्रदेशमा, २ थान गण्डकी प्रदेश, २ थान बुटवलमा पठाउने र ४ थान काठमाडौं मै जगेडामा राखिने स्वाथ्य मन्त्रालयले जनाएको छ ।
आफै सास फेर्न नसक्ने विरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भेन्टिलेटर भएकाले कोरोना भाइरसको संक्रमण भएका सकिस्त विरामीलाई उपचार गर्न आवश्यक पर्दछ ।