नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, २५ चैत । कोरोना भाइरस कोभिड–१९ र समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।

मंगलबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बन्दाबन्दी (लकडाउन) पछि बस्न लागेको यो पहिलो बैठक हो ।

Loading...