विश्वमा कोरोना : ७४ हजारको मृत्यु, १३ लाख बढी संक्रमित

विराटनगर, २५ चैत । विश्वमा कोरोना भाइरसले ७३ हजार ९ सय २७ जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म १३ लाख २८ हजारभन्दा बढी संक्रमित भएको तथ्याङ्क प्राप्त भएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ५६ हजार पुगेको छ । एकदिनमै अमेरिकामा १९ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने सोमबार मात्रै ८ सय ५१ जनाको मृत्यु भएको थियो । अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।

विश्वमा संक्रमितमध्ये २ लाख ८४ हजार निको भएका छन् । तर उपचाररत ९ लाख ७७ हजारमध्ये करिब ४६ हजार ५ सयको अवस्था गम्भीर छ ।

इटलीमा सबैभन्दा धेरैको मृत्यु भएको छ । इटालीमा एकैदिन ६ सय ३३ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १६ हजार ५ सय २३ पुगेको छ । फ्रान्समा संक्रमित हुनेको कूल संख्या ९८ हजार पुगेको छ । मर्नेको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

स्पेनमा एकैदिन ५ सय २८ जनाको मृत्यु भएको छ । योसहित स्पेनमा मर्नेे संख्या १३ हजार १ सय ६९ पुगेको छ । चिनमा मर्नेको संख्या ३ हजार ३ सय ३१ पुगेको छ । चिनमा अहिले पनि १२ सय ९९ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ७ सय ८ हो ।

छिमेकी मुलुक भारतमा अहिलेसम्म ४ हजार ७ सय ७८ जना संक्रमित छन् भने १ सय २९ जनाको मृत्युु भइसकेको छ । विश्वका २ सय ९ देशमा भाइरस फैलिएको छ ।

Loading...