बिपी प्रतिष्ठानसँग धरानका मेयरले चन्दा मागे

विराटनगर, २५ चैत । सुनसरीको धरान उपमहानगरपालिकाले कोराना भाइरस विरुद्धको अभियानमा स्थापना गरेको कोषमा रकम उलब्ध गराईदिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पत्र लेखेको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रतिष्ठानको नाममा पत्र नै लेखेर राहत कार्यक्रमको लागि भन्दै आर्थिक सहयोग मागेपछि त्यसको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिष्ठान प्रदेश १ मा कोरोना भाइरसको परीक्षण हुने अस्पताल हो । यस्तै सरकारले प्रतिष्ठानलाई कोरोनाको उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ । स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमितको उपचारको लागि थप प्रोत्साहन र सुरक्षा उपकरण उपलब्ध गराउनुपर्ने आवाज उठिरहेको बेला स्थानीय सरकारले चन्दा मागेपछि आलोचना भएको हो । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ

प्रदेश १ मा हालसम्म ८५ जनाको ‘थ्रोट स्वाब’ संकलन गरी परीक्षण गरिएको छ । तीमध्ये ६९ जनाको रिपोर्ट नेगेटिभ आएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयस्थित कोरोना इन्फर्मेशन डेस्कका अनुसार एक महिला र १५ पुरुष गरी १६ जनाको रिपोर्ट आउन बाँकी छ । १८ महिला र ५१ पुरुषको स्वाब परिक्षण रिर्पोट नेगेटिभ आएको हो ।

प्रदेश १ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चैत १६ गते आइतबारदेखि कोरोना भाइरस ९कोभिड १९० को परिक्षण सुरु भएको थियो । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...