निजी स्वास्थ्यकर्मीलाई सरकारी अस्पतालमा सेवा गर्न दिइने

काठमाडौं, २५ चैत । स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि कोरोना रोकथाम र नियन्त्रणको लागि परिचालन गर्ने र प्रतिदिन १५ सय प्रोत्साहन भत्ता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।

ती स्वयं सेविकाहरुले क्वारेन्टाइनमा विरामीको रेखदेख गर्ने जिम्मा दिइनेछ । त्यसैगरी, निजी क्षेत्रमा रहेका स्वास्थ्यकमीहरुले सरकारी अस्पतालहरुमा आएर सेवा दिन चाहेमा तहगत मिलान गरी सरकारी स्वास्थ्यकर्मीहरुले पाउने सेवा सुविधा उपलब्ध गराउने गरी अवसर दिने निर्णय आजको मन्त्रिपरिषदबाट भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेनलमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

संघीय संसद्को चालु हिउँदे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । कोरोना भाइरस ९कोभिङ –१९० जोखिम न्यूनीकरणका लागि लकडाउन भएपछि चैत ७ गतेयता दुबै सदनका बैठक बस्न सकेका छैनन् ।

प्रतिनिधिसभा चैत ३० गतेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको थियो । भने, राष्ट्रियसभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस भएको जानकारी दिएका छन् ।

सोमबार रातिबाटै अधिवेशन अन्त्य हुनेगरि सिफारिस गरिएको हो । कोरोना संक्रमण जोखिम बढेपछि फागुन अन्तिम सातादेखि नै अधिवेशन अन्त्यका लागि सांसदहरुले माग गर्दै आएका थिए । गोरखापत्र दैनिकमानै खबर छ ।

Loading...