धैर्य र संयमित भई ‘लकडाउन’को पालन गर्न आग्रह

विराटनगर, २४ चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धैर्य र संयमित भएर ‘लकडाउन’को पालना गर्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।

सोमबार मुख्यमन्त्री राईले जारी गरेको भिडियो सन्देशमा देश र जनताको जीवनरक्षाका लागि मुलुक लकडाउनको अवस्थामा रहेकाले यस्तो बेलामा सबै नागरिकले संयमता अपनाउनुपर्नेमा जोड दिए ।

कोरोना कोभिड–१९ को विरुद्धको यो लडाइँमा उच्च सतर्कता, सावधानी र जनचेतनाले मात्र जित्न सकिने भएकाले उच्च मनोबलका साथ नियमको पालना गर्न सबैलाई उनले सबैलाई आग्रह गरेका हुन् ।

मुुख्यमन्त्री राईले सबै नागरिकलाई बचाउने जिम्मा सरकारको भएकाले प्रदेश सरकार अहोरात्र नागरिकको साथमा रहेको बताए ।

कुुनै पनि समस्या भए प्रदेश सरकारलाई जानकारी दिन आग्रह गर्दै सही सूचनामात्र लिन सबैमा उनले आग्रह गरे ।

Loading...