फ्रान्स दोस्रो विश्वयुद्धपछि सबैभन्दा खराब मन्दीतर्फ

पेरिस, २४ चैत । कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउनको सामना गर्नुपरेका कारण फ्रान्सले दोस्रो विश्वयुद्धपछि पहिलो पटक सबैभन्दा खराब मन्दीको सामना गरिरहेको अर्थमन्त्री ब्रुनो ले मायरले बताएका छन् । ।

अर्थमन्त्री मायरले फ्रान्सको संसदीय समितिमा सन् २००८ विश्वव्यापीरूपमा मन्दी भएपछि सन् १९४५ पछि फ्रान्सको आर्थिक वृद्धिदर सन् २००९ मा २.२ प्रतिशतमा झरेको थियो । अहिले अवस्था योभन्दा अझ खराब हुने देखिएको बताए ।

उनले फ्रान्सको आर्थिक वृद्धिदमा निकै गिरावट आउने अअवस्था आएको भन्दै सन् २०२० मा आर्थिक वृद्धिदर २.९ प्रतिशत कायम हुने प्रक्षेपण गरेको भएपनि कोरोना भाइरसको सङ्क्रमणको प्रकोपका कारण अझ खराब हुने देखिएको बताए ।

फ्रान्सले १७ मार्चदेखि देशव्यापी रूपमा देशका सम्पूर्ण अत्यावश्यक मानवीय बाहेकका सेवालाई १५ अप्रिलसम्म लागु हुनेगरी बन्द गरेको छ ।

फ्रान्सको तथ्याङ्कको लागत राख्ने कार्यालय ‘ईन्से’ का अनुसार लकडाउनका कारण फ्रान्सको सम्पूर्ण अर्थतन्त्रको करिब ३५ प्रतिशत गतिविधिमा कमी आएको जनाएको छ ।

Loading...