संसद्को चालू अधिवेशन अन्त्य

काठमाडौं, २४ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुुवै सदनको चालू अधिवेशनको अन्त्य गरेकी छिन् । सोमबार राति १२ः०० बजेदेखि उनले दुवै सदनको अधिवेशन अन्त्य गरेकी हुन् ।

नेपालको संविधान अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुवै सदनको चालू पाँचौँ अधिवेशन अन्त्य गरेकी हुन् ।

चालू अधिवेशन स्वत अन्त्य भएकाले यही चैत २१ गते सूचना प्रकाशित गरी स्थगित गरिएको प्रतिनिधिसभा र यही चैत ७ गते स्थगित गरिएको राष्ट्रियसभाको बैठकसमेत अन्त्य भएको सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

गत ४ पुसबाट सुरु भएको अधिवेशनमा वर्तमान सभामुखको चयन भएको थियो ।

सङ्घीय सदनबाट शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक र राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रणसम्बन्धी विधेयक यही अधिवेशनबाट परित भएको छ ।

कोरोनासम्बन्धी सार्वजनिक महत्वको विषयमा छलफल हुनाका साथै महिला हिंसासम्बन्धी सङ्कल्प प्रस्ताव पनि यो अधिवेशनबाट पारित गरिएको थियो ।

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सङ्घीय निजामती सेवा विधेयकजस्ता महत्वपूर्ण विधेयक भने यो अधिवेशनबाट पास हुन सकेन् ।

निकै चर्चामा रहेको अमेरिकी सहयोगसम्बन्धी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले सदनमा छलफलका लागि प्रवेश पाएन ।

Loading...