राष्ट्र बैंककाे गभर्नरमा अधिकारी

काठमाडौं २४ चैत । नेपाल राष्ट्र बैंकको गभर्नरमा सरकारले महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो ।

गभर्नरका लागि राजन खनाल, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारी दाबेदार थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले पनि तीन जनाकै नाम सिफारिस गरेको थियो ।

यसअघि अधिकारी लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत थिए ।

Loading...