अरु मानिससामु जानी जानी खोकेपछि अदालतमा

एजेन्सी, २४ चैत । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले अरू मानिससामु खोकेपछि उनीविरुद्ध अपमानजनक कार्य गरेको अभियोग लगाइएको छ ।

बीबीसीका अनुसार ३८ वर्षीय रेमन्ड कुम्ब्सले जानीजानी अरु मानिसको मुखमा खोकेर भिडियो खिचेको पाइएपछि उनलाई अभियोग लागेको हो ।

भिडियो फेसबुकमा राखिएपछि निकै भाइरल भएको थियो र त्यसले व्यापक आक्रोशसमेत उब्जाएको थियो ।

कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन् ।

त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडियो बनाउने कार्य मूर्खतापूर्ण र असम्वेदनशील भएको भन्दै त्यसप्रति उनले दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई बेवकुफको संज्ञा दिएकी छन् ।

ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइयो तर, पछि त्यो अभियोग भने फिर्ता लिइएको छ ।

Loading...