चिनौ

सही र खवरा , मित्र र शत्रु , परोपकारी र व्यभिचारी , मान्छेहरुलाई कसरी चिन्ने ? लु भारत कालेबुंगका साहित्यकार टिका भाइले सामाजिक सञ्जालमा लेखेको यो स्टाटस पढौ ।

बहस र व्यक्ति आक्षेप बारेमा
****

सही मान्छे ‘बहस’-का बेला चिनिन्छन्। सभ्य व्यंग्य र सालिन तर्क नाघेर व्यक्तिगत गाली र धमकीसम्म पुग्ने आचरण भएकाहरू फेसबुक मात्र होइन समाजका नि भाइरस नै हुन्।
जात लिएर गाली गरे, भेटे त ठीक पार्ने चिन्तक देखिए, कसैले कपटी र निर्बुद्धि भने 😁 कसैले सम्झाइ रहे कि मानो मैले उनीहरुले जे सोचे त्यही सोचेर हिँड्नुपर्छ। कसैले तर्क रित्तिएपछि कसरी दिक्क पॉर्न सकिन्छ, उस्तै उस्तै लेखिबसे।
मबाट उहाँहरू कसैप्रति पनि घृणा भाव छैन। देशको जुन राजनैतिक संस्कृति छ, यो सब त्यसैको प्रतिबिम्बन मात्र हो। पृथक मत समाजको स्वाभाविक चरित्र हो।
तर व्यक्तगत रूपमा आक्रामक बन्न सक्ने, व्यक्ति आक्षेप गर्ने साथीहरू कहिले पनि सच्चा साथी हुन्छन् भन्ने लाग्दैन।
राजनैतिक नेतृत्वहरूप्रति हाम्रा व्यंग्यहरू व्यक्तिगत हुँदा हुँदै पनि सामूहिक राजनैतिक सवाल केन्द्रित हुनाले कहिले मेरो लेखनीमा ममता, मोदी आदि विषय बनेर आउँछन् तर उनिहरूको निजी जीवन र व्यक्तित्वप्रति मेरो सरोकार हुँदैन।
ति साथीहरू जो अत्यन्त हानिकारक व्यक्ति कुण्ठाका शिकार बनेर आक्षेपलाई बहस ठानेका छन् जत्ति भेटनेछु म फेसबुकमा सफा गर्नेछु। मबाट पनि त्यो दोष भेट्टीए मलाई सवाल गर्ने अधिकार यहाँहरूसीत छ।

Loading...