birat ribon

अमेरिकन आइडलको टप–२० मा दिवेश

Neuro
अमेरिकन आइडलको टप–२० मा दिवेश

विराटनगर, २४ चैत । अमेरिकाको सिङ्गीङ रियालीटी शो ‘अमेरिकन आइडल’मा उत्कृष्ट प्रस्तुति दिँदै नेपालका दिवेश पोखरेल (‘अर्थर गन’को नामबाट परिचित) टप–२० मा पुगेका छन् ।

Padelux insider
cura insider

आइतबार प्रसारण भएको एपिसोडबाट उनले आफूलाई टप–२० मा सुरक्षित राख्न सफल भएका हुन् ।

दिवेशले हरेक प्रस्तुतिमा जजबाट ‘स्ट्यान्डिङ अवेशन’ पाइरहेका छन् भने निर्णायकले दिवेशलाई शीर्ष २० मा छनोट गर्न आफूहरुलाई कठिन नभएको पनि बताएका छन् ।

दिवेशले टप–२० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तति दिएका थिए ।

अडिसनदेखि टप–२० मा प्रवेश गर्नको लागि दिएको प्रस्तुतिमा पनि उनले जजबाट उत्कृष्ट प्रतिक्रिया पाएका छन् ।

उनलाई जजले उदाउँदो ताराको संज्ञासमेत दिएका छन् ।

आफू टप–२० मा परेकोमा दिवेश निकै खुशी छन् र आफ्नो सपनाहरू झन नजिक हुँदै गएका छन् ।

उच्च शिक्षाको लागि ६ वर्षअघि अमेरिका पुगेका दिवेश २० वर्षका छन् ।

jackson ribon