‘प्रश्न हैन, काम गर्ने बेला हो’ : मुख्यमन्त्री राई

विराटनगर, २४ चैत । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले अहिले जिम्मेवार निकायहरुले प्रश्न हैन काम गर्ने बेला भएको बताएका छन् ।

आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिले सरकारका हरेक निकायहरुले प्रश्न गर्ने, आरोप प्रत्यारोप गर्ने र बाटो हेराहेर नगरी महामारी विरुद्ध लडने बेला भएको बताए।

मुख्यमन्त्री राईले सरकारका हरेक निकाय, समाजिक संघसंस्था, वित्तीय क्षेत्र सबैसँग सहकार्य र समन्वय गरेर अगाडि बढेमात्र कोरोना महामारी विरुद्धको अभियानमा सफलता पाइने बताए। उनले प्रदेश सरकारले कोरोना विरुद्धको अभियानलाई तीब्र रुपमा अगाडि बढाएको बताए । आज हाम्रा्ेमत दैनिकको अनलाइनमा खबर छ ।

नेपालबाट भारततर्फ मास्क पनि तस्करी हुने गरेको पाइएको छ । कोरोनाको संक्रमणबाट बच्न आवश्यक पर्ने मास्क नेपालमै अभाव भइरहेका बेला भारततर्फ तस्करी हुने गरेको हो । विराटनगरको भारतीय सीमावर्ती क्षेत्र रानीबाट आइतबार सशस्त्र प्रहरीले ठुलो मात्रामा मास्क नियन्त्रणमा लिएको हो । सातजना व्यक्तिले सातवटा साइकलमा भारततर्फ लाँदै गरेको सात बोरा मास्क नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी ३ नम्बर गण मोरङका एसपी नेत्रबहादुर कार्कीका अनुसार विराटनगरमै बनेको कपडाको साधारण मास्क भारतमा बिक्रीका लागि लगिएको थियो । मास्क र साइकलको १ लाख ५२ हजार रुपैंयाँ मुल्याङ्कन गरेर विराटनगर भन्सार कार्यालयमा बुझाइएको कार्कीले जानकारी दिए । आज उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...