birat ribon

खरिपाटी क्वारेन्टाइनका ९४ जनाकै रिर्पोट नेगेटिभ , रेड जोनमा सँख्या १ सय ५०

Neuro
खरिपाटी क्वारेन्टाइनका ९४ जनाकै रिर्पोट नेगेटिभ , रेड जोनमा  सँख्या १ सय ५०

काठमाण्डौ ,२३ चैत । खरिपाटीको क्वारेन्टाईमा रहेका सबै ९४ जनाको कोरोना भाइरसको नमुना परीक्षण नेगेटिभ आएको भएको छ ।

Padelux insider
cura insider

आईतबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा बसिरहेका ९४ जना सबैको नमुना नेगेटिभ आएको पृष्टि गरेका हुन ।

सरकारले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि गत ९ चैतबाट नेपाल आएका उनीहरुलाई भक्तपुरको खरिपार्टीस्थित क्वारेन्टाईनमा राखिएको थियो ।

पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढी र धरानबाट पनि परिक्षण

डाक्टर देवकोटाका अनुसार आईतबार सम्म राष्ट्रिय प्रयोगशालामा १ हजार ५ सय २९ वटा नमुना परीक्षण गरिएको र काठमाण्डौ बाहिर पोखरा, जनकपुर, सुर्खेत, हेटौडा र धनगढीमा परीक्षण पनि परीक्षण भईरहेको जानकारी दिए ।

उनका अनुसार चितवनमा नमुना परीक्षण टेष्टको काम भईरहेको र बुटबलमा सोमबार देखि सुरु हुनेछ ।

१ सय १३ जना आइसोलेनमा

हालसम्म काठमाण्डौमा १२ जना र बाहिर १ सय १ जना गरि १ सय १३ जना आइसोलेनमा छन् । यसैगरि कोरोना संक्रमण परिक्षणकालागि मन्त्रालयको मोबाईल एप्समा आफ्नो व्यक्तिगत विवरण भर्नेहरु ८ हजार ९७ पुगेका छन् ।

आईतबार मात्रै १ हजार ८ सय १२ जनाले व्यक्तिगत विवरण भरेको र ती मध्ये २४ वटा विवरण रेड जोनमा परेका छन् । यो संगै रेड जोनमा रहेकाको संख्या १ सय ५० पुगेको छ ।

कैलाली, कञ्चनपुर र बाग्लुङमा सोमबार टोली जाने

कैलाली, कञ्चनपुर र बाग्लुङका क्यारेन्टाईनमा रहेका सबैको तथा चैत महिनामा बाहिरबाट नेपाल प्रवेश गरेका सबैको र्यापिट टेष्ट बाट कोभिड १९ को परीक्षण गर्ने र पोजेटिभ देखिएका व्यक्तिको पुन पिसिआर विधिबाट परीक्षण गर्न सरकारले दिएको निर्देशन अनुसार सम्बन्धीत निकायको बैठक बसी तीनै जिल्लामा सोमबार नै टोली पठाउने निर्णय भएको जानकारी डा देवकोटाले गराए ।

क्वारेन्टाईनको गुणस्तर कायमका लागि सरकारले बनाएको मापदण्ड अनुसार हुनुपर्ने र सो भए नभएको अनुगमन भईरहेको पनि उनले स्पष्ट पारे ।

सबै अस्पतालहरुलाई आकस्मिक सेवा दिन निर्देशन

अझै पनि विरामीहरुले स्वास्थ्य सेवा नपाएको गुनासो आउने क्रम नरोकिएको भन्दै आकस्मिक सेवा अनिवार्य रुपमा दिन सबै अस्पतालहरुलाई डा देवकोटाले पुन सचेत गराए ।

उपचार नपाएर एउटा अस्पतालबाट अर्कोमा जाने अवस्था श्रृजना नगर्न पनि डा देवकोटाले आग्रह गरे ।

बाहिरबाट आएका संक्रमित व्यक्तिले आफ्ना परिवारलाई सारेको अवस्थामा बाहिरबाट आएकाहरु क्वारेन्टाईनमा अनिवार्य बस्नुपर्ने विषयलाई गम्भीर रुपमा पालना गरि परिवार, समाज र राष्ट्रप्रति जिम्मेबार बन्नुपर्ने उनको आग्रह छ ।

jackson ribon