काठमाडौँ, २३ चैत । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुगेका छन् ।

“लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका १३ मा डेरा गरी बसेका जौआद हुसेनको परिवारलाई खाद्यान्न सहयोग गर्न पुगेका हुन् ।
हुसेनको परिवारले राज्यमन्त्री मानन्धरलाई खाद्यान्न अभाव भएको खरब गरेपछि मानन्धर त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ । खाद्यान्न पाएपछि हुसेनको परिवार निक्कै भावुक बनेको थियो । रासस