महामारी

एकदेव अधिकारी नेपाल सरकारका कर्मचारी हुन । हाल विश्वमा भैरहेको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न हरेक नागरिकले सक्रृय भूमिका खेल्नुपर्नेमा उनी विश्वास गर्छन । तर हाल महामारीको वेला नागरिकहरुले आफनो दायित्वबाट पन्छिरहेमा वा कपटपुर्ण व्यवहार गरेमा महामारी नियन्त्रण गर्न असंभव हुने कुरा समाजिक सञ्जालमा फेला पारेको एउटा नीति कथा उनी यसरी प्रस्तुत गर्छन ।

एक पटक देशमा ठूलो महामारीका कारण थुप्रै मानिसहरू मर्न थालेछन् । त्यस देशको राजाले महामारी रोक्न निकै प्रयास गरे पनि सफल भएनछन् । त्यो घटनाले दुस्खी बनेका राजा भगवानसामु प्रार्थना गर्न लाग्छन । अकस्मात् एउटा आकाशवाणी सुनिन्छ ूहे राजा, महामारी रोक्ने हो भने तिम्रो राजधानीमा रहेको पुरानो इनारमा औँशीको रातमा सबै घरबाट एक एक बाल्टिन दूध हालिदिनू, यसो गरेमा महामारी रोकिन्छ र मानिसहरू मर्न रोकिनेछ ।


राजाले सबै जनताको घरबाट औँशीको रात इनारमा एक बाल्टिन दूध हाल्नै पर्ने उर्दी लगाउँछ । त्यस देशमा एउटा कञ्जुस बूढो पनि थियो । अरू सबैले दूध हालिहाल्छन्, म एक जनाले पानी हाल्दा केही फरक नपर्ला भनेर औँशीको रातमा ऊ दूधको सट्टा पानी लिएर जान्छ र इनारमा पानी खन्याउँछ ।


भोलिपल्ट महामारी रोकिन्छ र मानिसहरू मर्न कम हुन्छ भन्नेमा राजा आशावादी थिए तर कम हुनुको साटो महामारी झन झन् बढ्यो । आकाशवाणी झूठो हुँदैनथ्यो,के अचम्म भएको हो भनी बुझ्न राजा इनारमा हेर्न पु्ग्छन् । इनारमा त एक बुँद पनि दूध रहेनछ, पानीले मात्र भरिएको रहेछ।
अब राजाले बुझ्छ कि महामारी किन नरोकिएको रहेछ ।


वास्तवमा म एकजनाले इनारमा दूध नहालेर के हुन्छ र, अरूले हालिहाल्छन् भन्ने भावना सायद सबै देशवासीको मनमा आएछ ।


यस कहानीमा उल्लेख भएको घटना कहीँकतै हाम्रो परिवेशमा जानीनजानी घटेको हुनसक्छ । सरकारले महामारी नियन्त्रण गर्न घरबाहिर ननिस्कनू भनी आदेश दिँदै गर्दा म एक जनाले नगरेर के फरक पर्ला र भन्दै विद्यमान् लकडाउन उल्लङ्घन गर्दै बाहिर निस्कदा के महामारी रोकिएला र रु बेलैमा सोचौँ है ।

Loading...