पाँचथरमा रुखको हाँगाले लाग्दा एकको मृत्यू

पाँचथर, २३ चैत्र । पाँचथरमा रुखको हाँगाले लागेर एक जनाको मृत्यू भएको छ । शनिबार फालेलुङ ५ लुदिन का ३५ बर्षीय मिलन राईको रुखको हाँगाले लागेर मृत्यू भएको हो ।

स्थानीय सामुदायीक बनमा रुख काट्ने क्रममा रुख लड्दा सोही रुखको हांगाले राईको टाउकोमा लागी गम्भिर घाईते भएकोमा उपचारार्थ फिदिम पाँचथर लादै गर्दा राती साँढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Loading...