प्रदेश १ मा ‘भर्चुअल कक्षा’ सुरु, बाल सुधारगृहबाट २३ वालवालिका छुटे

विराटनगर, २३ चैत । प्रदेश १ मा प्रविधिमा आधारित शिक्षण सिकाई कार्यक्रम अर्थात ‘भर्चुअल कक्षा’ शुरु गरिएको छ ।

विश्व महामारीको रुप लिएको कोरोना भाईरस ९कोभिड १९० का कारण सरकारले देशव्यापी लकडाउन गरेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम शुरु गरेको हो ।

विद्यालय शिक्षा गुणस्तर सुधार अभियान अन्र्तगत चैत १७ गतेदेखि शुरु कार्यक्रममा प्रदेश नं। १ का १४ जिल्लाका १ सय विद्यालयका शिक्षक सहभागी भएका छन् । प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा शुरु ‘भर्चुअल कक्षा’ हरेक दिन २ घण्टा चल्ने छ । हाम्रोमत दैनिकको अनलाइनमा खबर छ ।

विराटनगर(३ स्थित बाल सुधार गृहबाट २३ जना बालबालिकालाई छाडिएको छ । जिल्ला अदालत मोरङको अनुमति लिएर उनीहरुलाई छाडिएको बाल सुधार गृह विराटनगरका प्रमुख मिलन चौहानले बताए ।

शनिबारसम्म मोरङका १४ बालबालिका छुटेका छन् । त्यसैगरी सुनसरीका ५ जना, झापाबाट ४ जना बालबालिका छुटेका हुन् । विभिन्न अपराधिक घटनामा संलग्नता रहेर पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएका उनीहरुलाई रिहा भएका हुन् । उनीहरुलाई अभिभावकको जिम्मा लगाएर पठाइएको जनाइएको छ । उद्घोष दैनिकको अनलाइनमा खबर छ ।

Loading...