तीन जिल्लमा र्‍यापिड टेस्ट सुरु गरिने

काठमाडौं, २२ चैत । पश्चिमका तीन जिल्लमा कोरोना संक्रमण नेपालमै बसोबास गरिरहेका स्थानीयमा समेत देखिन थालेपछि र्‍यापिड टेस्ट परीक्षण सुरु हुने भएको छ ।

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको हो ।

यी जिल्लमा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्री परिषदको बैठकपछि जानकारी दिए ।

शनिबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

Loading...