लकडाउन झन कडा, एक स्थानीय तहबाट अर्काेमा जान रोक

काठमाडौं, २२ चैत । कोरोना भाइरसको संक्रमण दर बढेपछि सरकारले थप कडाई गरेको छ ।

लक डाउनलाई थप कडाई गर्दै सरकारले एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा जान समेत रोक लगाएको हो ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा आवातजावत बन्द गरेको छ ।

११ चैतदेखि लकडाउन सुरु भएकोमा दोश्रो पटक थप गरी २५ चैतसम्मलाई पुर्याएको छ ।

पहिलो पटक १८ चैतसम्म गरिएको लकडाउन बढाएर २५ गतेसम्म पुर्याइएको हो ।

यस पछि लक डाउन थप हुने नहुने विषयमा भने अहिले केही खुलाइएको छैन् ।

Loading...