Rumpum

Rumpum Advertisement

‘कोरोना टेस्टिङ बुथ’ निर्माण गर्दै दारी ग्याङ

‘कोरोना टेस्टिङ बुथ’ निर्माण गर्दै दारी ग्याङ

चितवन, २२ चैत । कोरोना भाइरस संक्रमणको आशंका लागेका व्यक्तीको जाँचका लागि दारी ग्याङले कोरोना टेस्टिङ बुथ निर्माण सुरू गरेको छ ।

बिरामीको चेकजाँच स्वास्थ्यकर्मी डराउन थालेपछि दारी ग्याङले टेस्टिङ बुथ निर्माण सुरु गरेको हो ।

दारी ग्याङ चितवनले स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि महाबिर पुनले सञ्चालन गर्दै आएको नेपाल आविष्कार केन्द्रसँगको सहकार्यमा निर्माण गरेको दारी ग्याङ चितवनका संयोजक रेशम अधिकारीले बताए ।

उक्त बुथ निर्माण पछि भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताल र भरतपुर अस्पताललाई हस्तान्तरण गरिनेछ । दुईवटा बुथ निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए ।

निर्माण पछि यस्ताे हुनेछ काेराेना टेस्टिङ वुथ