कोरोनाको डर (बालकविता)

  – रमेशचन्द्र घिमिरे

आउन पनि कतिकति 

रोग व्याधि आ´को हो

यतिखेर अरूभन्दा

डर कोरोनाको हो

घरै बस्छु दिनैभरि 

बाहिर कतै निस्किन्नँ म

पैलेजस्तो डुल्दिनँ म

साथीसँग जिस्किन्नँ म


सुन्दा पनि मुटु काम्ने 

कुन्नि के-के भा´को हो

परीक्षाको भन्दा पनि डर कोरोनाको हो


साथीसँग हात मिलाउन्नँ`

के छ ?´ भन्दै मेरो यार

दुइटै हात जोडेर म गर्छु बरु नमस्कार 


मेरो जस्तै तिम्रो पनि 

पक्कै सातो गा´को हो

त्यसै त्यसै झस्काउने डर कोरोनाको हो


रुमालले मुख छोपी हाच्छ्युँ गर्नु पर्छ रे

तर्किएर बस उतै नत्र रोग सर्छ रे


थुनिएर घरमै बस्दा कति अत्यार ला´को हो

तिमी, हामी सबैलाई डर कोरोनाको हो । 

 – भोर्लेटार, लमजुङ 

Loading...