पत्रपत्रिकामा देश : स्वीकृति नै नपाएको ओम्नीलाई औषधि र उपकरण ल्याउने ठेक्का

विराटनगर, २२ चैत । औषधि अथवा मेडिकल उपकरण आयात गर्ने स्वीकृति नै नपाएको कम्पनी ओम्नी इन्टरनेशनललाई चीनबाट मेडिकल सामाग्री ल्याउने ठेक्का दिएपछि कानून र जनस्वास्थ्यमाथि गम्भीर खेलवाड भएको छ । ओम्नी पनि यतिजस्तै सरकारले संरक्षण गरेको समूह रहेको र यसलाई पनि लगातार विभिन्न ठेक्का दिने गरिएको छ ।
ओम्नीलाई तीन अर्बको कम्प्युटर ल्याबको ठेक्का नियम मिचेर दिइएको थियो । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।
कान्तिपुर दैनिकमा सरकार नसक्ने, सेनालाई सुम्पिने शीर्षकमा मुख्य खबर छ । सरकारले स्वास्थ्य सामग्री खरिदको जिम्मा सेनालाई दिएलगत्तै नागरिक प्रशासनको विकल्पमा जंगी प्रशासनलाई किन सक्रिय पारियो भन्ने प्रश्न उठेको छ ।

Loading...