विराटनगरमा कोरोना संक्रमितकाे उपचारका लागि छुट्टै अस्पताल तयार

विराटनगर, २१ चैत । कोरोना संक्रमितको उपचारका लागि १ नम्बर प्रदेश सरकारले अस्पताल तयार गरेको छ ।

नेशनल ट्रेनिङ विराटनगरकाे खाली रहेको भवनमा ५० शैय्याको अस्पताल तयार गरेको हो । काेराेना संक्रमितकाे उपचारका लागि स्थापना गरिएकाे अस्पतालमा १० वटा भेण्टिलेटर पनि राखिएकाे छ ।

प्रदेश सरकारले ७ चैतमा एकसाता भित्र कोरोना संक्रमितको उपचारका लागि अस्पताल निर्माण गर्ने निर्णय गरेको थियाे । ९ चैतमा निर्माण सुरु गरेको प्रदेश सरकारले शुक्रबार अस्पताल तयार गरेको हो ।

एकसाता भित्र अस्पताल निर्माण गर्ने योजना भएपनि प्राविधिक कठिनाईका कारण केही दिन ढिलो भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

शुक्रबार अस्पतालको निरिक्षण पश्चात मुख्यमन्त्री राईले काेराेना संक्रमितको उपचारका लागि अस्थायी अस्पतालमा सम्पूर्ण सेवाहरू प्रदान गरिने बताए ।

अस्पतालको सम्पूर्ण व्यवस्थापन कोशी अस्पताल विराटनगरले गर्नेछ । काेशीले व्यवस्थापन गर्ने भएका कारण अस्पतालकाे नाम पनि काेशी अस्पताल नै राखिएकाे छ ।

अस्पताललाइ काेराेनाकाे प्रकाेप पछि पनि सञ्चालन गर्ने गरी संरचना तयार गरिएकाे प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरले बताए ।

काेराेना संक्रमितकाे उपचारका लागि खटिने चिकित्सककाे वीमा सहित अतिरिक्त सुविधाकाे व्यवस्था गरिएकाे उनले बताए ।

विराटनगरमा कोरोना संक्रमितकाे उपचारका लागि छुट्टै अस्पताल तयार – कोशी रिपोर्ट

कोरोना संक्रमितको उपचारका लागि १ नम्बर प्रदेश सरकारले अस्पताल तयार गरेको छ ।नेशनल ट्रेनिङ विराटनगरकाे खाली रहेको भवनमा ५० शैय्याको अस्पताल तयार गरेको हो । काेराेना संक्रमितकाे उपचारका लागि स्थापना गरिएकाे अस्पतालमा १० वटा भेण्टिलेटर पनि राखिएकाे छ ।

Posted by Koshi Online on Friday, April 3, 2020
Loading...