birat ribon

‘छक्का पञ्जा’ टिमको एक लाख १० हजार सहयोग

Neuro
‘छक्का पञ्जा’ टिमको एक लाख १० हजार सहयोग

विराटनगर, २१ चैत । लकडाउनका कारण दैनिक मजदूरी गरेर घर चलाउने र नेपाली फिल्मको पर्दा पछाडि रहेर काम गर्ने धेरै प्राविधिकहरू अहिले समस्यामा छन् ।

Padelux insider
cura insider

नेपाली चलचित्र क्षेत्र पनि कोरोनाको मारमा परेको सर्वविधित नै छ र यस्को पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ ।

विगत दुई सातादेखि नेपाली पूर्ण रूपमा लकडाउनमा रहेको कारण धेरै प्राविधिकलाई दैनिकी चलाउन नै समस्या परिरहेको छ ।

यसै बीच ‘छक्का पञ्जा’ टिमले चलचित्र प्राविधिकहरूको लागि सहयोग गरेका छन् ।

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्राविधिकहरूलाई १ लाख १० हजार सहयोग गर्ने भएका हुन् ।

शुक्रबार दिपकले आफ्नो फेसबुकमार्फत् एक लाख १० हजार रुपैयाँ विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको लागि दिने घोषणा गरेका हुन् ।

घाम लाग्दा छाता ओडाउने, राम्रो देखाउन लाइट उठाउने प्राविधिकहरू समस्यामा परेको भन्दै दीपक र उनको टिम सहयोगका लागि अगाडि सरेको हो ।

उनीहरूले अन्य चलचित्र क्षेत्रमा इच्छुक साथीहरूले पनि एकमुष्ट रूपमा सहयोग गर्न अपिल गरेका छन् ।

jackson ribon