birat ribon

कोरोनाविरुद्ध लड्न पल शाहले पाँच लाख दिने

Neuro
कोरोनाविरुद्ध लड्न पल शाहले पाँच लाख दिने

विराटनगर, २१ चैत । अभिनेता पल शाले विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाईरस(कोभिड–१९) विरुद्ध लड्नका लागि आर्थिक सहयोग गर्ने भएका छन् ।

Padelux insider
cura insider

शुक्रबार उनले आफ्नो फेसबुकमार्फत् पाँच लाख रुपैयाँ विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको लागि दिने घोषणा गरेका हुन् ।

कोरोनाको प्रभावले आम मानिसको जनजिवन प्रभावित भइरहेको बताउँदै उनले चलचित्र प्रविधिक संघ नेपाल (नेफ्टा) मार्फत् पाँच लाख नगद सहयोग दिने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, नेपाली चलचित्र क्षेत्र पनि कोरोनाको मारमा परेको सर्वविधित नै छ र यस्को पीडा चलचित्र प्राविधिक तथा अन्य व्यक्तिहरूमा पनि परिरहेको छ ।’

‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजिवनलाई सहज बनाउनको लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले लेखेका छन् ।

jackson ribon