सेनालाई स्वास्थ्य सामाग्री ल्याउने जिम्मा, लकडाउन केही सहज पारिने

काठमाडौं, २१ चैत । सरकारले कोरोना भाइरस ९कोविड–१९० संक्रमण रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य उपकरण जीटुजी (सरकार–सरकारबीच सम्झौता) मार्फत ल्याउने भएको छ। चैत १६ को मन्त्रिपरिषद् बैठकले खरिद प्रक्रियाबारे निर्णय गरेको हो।

मन्त्रिपरिषद्मा उक्त दिन औषधि तथा स्वास्थ्य उपकरण खरिदको जिम्मा पाएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालि (ओबीसीआई) का विषयमा भने केही चर्चा गरिएको थिएन।

वाणिन्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत १६ को मन्त्रिपरिषद् बैठकले औषधि तथा स्वास्थ्य उपकरण खरिद सरकार–सरकार सम्झौता (जीटुजी) मार्फत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको जानकारी दिए। आजको अन्नपूर्ण दैनिकमा खबर छ ।

सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

दुई हप्तादेखि जारी लकडाउनका कारण बगानममै हुर्कन थालेको ‘फस्ट फ्लस’ (चियाको पहिलो टिपाई) चियाको टिपाई हुन सकेको छैन । प्रदेश –१को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै चिया टिप्न, ढुवानी गर्न, कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाई कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको छ ।

पूर्वी जिल्ला झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा सञ्चालित चिया बगान र कारखाना यतिबेला बन्द छन् । जसले गर्दा चियाको पहिलो टिपाई बगानमा नै हुर्किएको छ ।

इलामको सुर्योदय नगरपालिका भित्र रहेका चिया बगान र कारखाना सञ्चालनका लागि पहल थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड फिक्कल शाखाका चिया विज्ञ इन्द्रप्रसाद अधिकारीले जानकारी दिए । आजको कारोबार दैनिकमा खबर छ ।

Loading...