birat ribon

कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

Neuro
कोरोना संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि ‘पोजिटिभ’

काठमाडौं, २० चैत । कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको छ ।

Padelux insider
cura insider

काठमाण्डौको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत दुई संक्रमितको दोस्रो रिपोर्ट पनि पोजिटिभ आएको अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिएका छन् ।

मंगलबार घाँटीको स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएपछि त्यसको रिपोर्ट पोजेटिभ हो ।

प्रवक्ता बास्तोलाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा चैत १० गते र चैत ६ मा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

नेपालमा अहिलेसम्म ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् ।

jackson ribon