कोरोनाको कारण ‘स्टार वार्स’ अभिनेता एन्ड्रु ज्याकको निधन

एजेन्सी, २० चैत । कोरोना भाइरसको संक्रमणका कारण स्टार वार्स अभिनेता एन्ड्रु ज्याकको निधन भएको छ ।

७६ वर्षको उमेरमा ‘स्टार वार’ अभिनेताको अस्पतालमा मंगलबारको दिन निधन भएको बीबीसीले जनाएको छ ।

उनको गत मंगलबार इंग्ल्यान्डको सुरेस्थित अस्पतालमा निधन भएको ज्याकका प्रतिनिधि जिल म्याक कुलफले पुष्टि गरे ।

कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

‘स्टार वार्स स् एपिसोड ७– दी फोर्स अवाकन्स’ र ‘स्टार वार्स स् एपिसोड ८– दी लास्ट जेडी’मा उनको अभिनय थियो ।

‘गार्जियन्स अफ दी ग्यालेक्सी’, ‘दी लर्ड अफ दी रिङ्स’, ‘दी एभेन्जर्स’लगायत ब्लक बस्टर्स मुभी फ्रेन्चाइजमा पनि उनले भोकल कोचको भूमिकामा थिए ।

Loading...