ओम्नीसँग सम्झौता रद्द, कालोसूचीमा राखिंदै, ५ करोड धरौटी जफत

काठमाडौं, २० चैत । स्वास्थ्य सेवा विभागले अत्यावश्यक स्वास्थ्य सामग्री सप्लाई गर्न ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको छ । अत्यावश्यक स्वास्थ्य सामग्री समयमा आपूर्ति गर्न नसकेको भन्दै विभागले ओम्नी समूहसँग भएको सम्झौता रद्द गरेको हो ।

ओम्नीको पाँच करोड रुपियाँ धरौटीसमेत जफत गरी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रियासमेत अगाडि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बुधवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सो जानकारी दिए ।

कोराना भाइरस कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक उपकरण तथा स्वास्थ्य सामग्री ल्याउने जिम्मा ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीले पाएको थियो । सो कम्पनीले आइतबार बिहान केही उपकरण तथा स्वास्थ्य सामग्री ल्याएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को महामारीका कारण नेपाललगायत विभिन्न मुलुकले लकडाउन गर्दा जीवनरक्षक औषधिको ढुवानी ठप्प भएको छ। स्वदेशी उत्पादन फयाक्ट्रिमै रहेका कारण अभाव सिर्जना हुँदा विक्रेताले कालोबजारी शुरु गरेका छन्।

नेपालमा कुल मागको करिब ४५ प्रतिशत मात्र स्वदेशी उत्पादनले धान्दै आएको छ। बाँकी ५५ प्रतिशत भारत, बंगलादेश, पाकिस्तान, मलेशिया, जर्मनीलगायत मुलुकबाट आयात हुने गरेको छ। ती सबै मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको छ। नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिंदै जीवनरक्षक औषधिको पर्याप्त व्यवस्था गर्नुपर्नेमा अभाव सिर्जना भएको विरामीको गुनासो छ।

क्यान्सर प्रभावित श्रमतीको केमोथेरापीद्वारा उपचार गराउँदै आएका ज्ञानेन्द्रविक्रम महतले औषधिको अभाव गम्भीर समस्या रहेको बताए। ‘हामी भारतमा उपचार गराई फर्केका हौं। अहिले नेपालमै थप उपचार भइरहेको छ’, महतले भने, ‘तर, औषधि पाउन नसकिर्एकाले समस्या खडा भएको छ।’ आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...