स्वास्थ्यकर्मी पनि क्वारेन्टाइमा, मास्कसमेत उपलब्ध छैन

विराटनगर ,१९ चैत । कोरोना भाइरस संक्रमण रोकथामकालागि देश ११ चैतदेखी लकडाउन छ । यो समयमा एक नम्बर प्रदेशका दुर्गम पहाडी गाउँबस्तीको अवस्था कस्तो छ ? हामी स्थानिय जनप्रतिनिधिहरुसँग हालचाल बुझेर निरन्तर सार्वजनिक गरिरहेका छौ ।

बुधबार भोजपुरको ३ , ओखलढुंगाको १ र सोलुखुम्बुको १ गाउँपालिको अवस्था यहाँ प्रस्तुत गरेका छौ ।

११ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन

भोजपुरको षडानन्द नगरपालिकामा स्वास्थ्यकर्मीहरु नै क्वारेन्टाइनमा बसेका छन ।

बिदेशबाट आएकाहरुको जाँच गर्दा कोराना संक्रमणको शंकास्पद अवस्था देखिएपछि अहेब राजनारायण मण्डल र स्वास्थ्य शाखा प्रमुख सुन्दर श्रेष्ठ सहित जम्मा ११ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका हुन ।

नगरपालिका अध्यक्ष बिरवल राईका अनुसार बाँकी रहेका स्वास्थ्यकर्मीहरुले नाकामा खटिने र क्वारेन्टाइनमा बसेकाहरुको ज्वरोको विवरण लिने काम गरिरहेका छन ।

एक घर एक साबुन एक पर्चा अभियान छ

षडानन्द पालिकामा लकडाउन र कोरोना संक्रमणको प्रभाव पूर्ण परेको छ । हाटबजारहरु बन्द छन ।

शंखुवासभासँग जोडिएका चारवटा नाकाहरु सबै लकडाउन छन । खादयान्नको अभाव हुनथालेको छ । तर आपूर्तिका लागि तयारी पनि भैरहेको छ ।

एक जना भारतबाट र अर्को एक जना व्यक्त्ति दुबईबाट आएका होम क्वारेन्टाइनमा छन । औषधी र स्वास्थ्य सामग्रीको चाँही अभाव छ । जनचेतनाकालागि एक घर एक साबुन एक पर्चा अभियान चलाइएको छ ।

अति विपन्नलाई धमाधम राहत वितण गरिरहेका छौ

सोलखुम्बुको सबैभन्दा ठूलो माप्यदुधकोशी गाउँपालिकाले लकडाउनमा मर्कामा परेका अति बिपन्न परिवारलाई राहत बाँडन थालेको छ ।

गाउँपालिका अध्यक्ष असिम राईका अनुसार विपन्न एक परिवारलाई एक बोरा चामल ५ केजी दाल , १ केजी तेले एक प्याकेट नुन र एक डल्लो साबुन बाँडन थालिएको हो । ‘वडा कार्यालयले संकलन गरेको बिवरण अनुसार राहत बाँडदैछौ’ , उनले भने ।

अध्यक्ष राईका अनुसार पालिकामा मास्क आफै उत्पादन गरेर प्रयोग गर्न थालिएको छ ।बिदेशबाट आएका ७ जना निगरानीमा छन ।

खादयान्नको समस्या छैन भएमा आपुर्ति व्यावस्था सहज बनाउने तैयारी भैसकेको छ । प्रत्येक वडामा २ जना व्यपारीलाई खादयान्न सहज रुपमा बिक्रि गर्न अनुमति दिएर ढुवानीकालागि पासको सिफारि गरिएको छ ।

स्वास्थ्य सामग्रीको अभाव छैन । थर्मल गर्न ४ वटा छ । हरेक वडामा २० वटा क्वारेन्टाइन तैयार छन । गाउँमा मानिशहरु सर्तक छन । जनचेतनाकालागि रेडियोहरुमा सन्देश दिने र गाउँगाउँमा पर्चाहरु टाँग्ने काम भैसकेका छन ।

स्वास्थ्य सामग्रीको अभाव छ , मास्कसमेत छैन

भोजपुरको टयाम्केमैयुम गाउँपालिकामा ३ शंकास्पद व्यक्त्ति बिरामी थिए । तर उनीहरु सबै ठीक भैसकेका छन । थप एक जना क्वारेन्टाइनमा बसेको पनि १४ दिन भैसक्यो लक्षण केही नराम्रो पाइएको छैन ।

स्वास्थ्य सामग्रीको चरम अभाव छ । मास्क समेत छैन । पालिका अध्यक्ष ध्रुवराज राई गाउँमा लकडाउन अटेर गर्नेहरु पनि भेटिन थालेकोेले प्रहरीलाई भाटा हान्न अनुमति दिएको सुनाउँछन । भन्छन –‘ मध्यपहाडी लोकमार्गमा पर्ने भएकोले काठमाण्डौबाट आएका मानिशहरु पनि गाउँ पसेको सुनिएकोले प्रहरीले नियन्त्रणमा लिएर मात्र आफुलाई खवर गर्न भनेको छ’ ।’

अवस्था समान्य छ भैपरिकालागि तैयारी गरेका छौ ।

ओखलढुंगाको लिखु गाउँपालिकाको अवस्था समान्य छ । औषधी र खादयान्नको समस्या छैन ।

अभाव भएमा सोझै काठमाण्डौबाट मगाउने तैयारी पनि भैसकेको छ । पालिका अध्यक्ष गोबिन्दबहादुर पौडेलका अनुसार शंकास्पद ७ जनलाई होम क्वारेन्टाइनमा राखिएको छ ।

पिपी र थर्मल गर्न दुई दुई थान छन । गाउँमा सचेतना अभियान जारी छ । रेडियो , टिभी र अनलाइनले गर्दा मानिशहरुले पर्याप्त सूचना पाएका छन ।

Loading...