birat ribon

वीरगञ्जमा लकडाउन आवज्ञा गर्ने ३ सय ५२ भारतीय पक्राउ

Neuro
वीरगञ्जमा लकडाउन आवज्ञा गर्ने ३ सय ५२ भारतीय पक्राउ

वीरगञ्ज, १९ चैत । कोभिड–१९को संक्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३ सय ५२ जना भारतीय नागरिकलाई बुधबार पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ ।

Padelux insider
cura insider

वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३ सय ३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए ।

काठमाडौँ, चितवन, मकवानपुर, पोखरालगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।

गएरातिदेखि नै प्रहरी नियन्त्रणमा रहेकालाई आदर्शनगर ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले खानाको प्रबन्ध गरेको छ ।

नियन्त्रणमा रहेकालाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकले के कारवाही गर्ने विषयमा निर्णय गर्ने प्रहरीले जनाएको छ ।

jackson ribon