कोरोना अस्पताल दुई दिनभित्र सञ्चालन हुने, भोकै बस्न नदिन मेचीनगरमा ‘फुड बैङ्क’

विराटनगर, १९ चैत । कोरोना संक्रमितको उपचार गर्न प्रदेश नं। १ को राजधानी विराटनगरस्थित ५० शैय्याको अस्पताल दुई दिनभित्र सञ्चालनमा आउने खबर हाम्रोमत दैनिकको अनलाईनमा छ ।

कोरोना संक्रमित बिरामीको उपचारका निम्ति गत चैत्र ८ गतेदेखि निर्माण थालिएको अस्पताल एक साताभित्र सञ्चालन गर्ने निर्णय मन्त्रीपरिषदले गरेकोमा अझै दुई दिन लाग्ने भएको हो ।

प्रदेश मन्त्रिपरिषदको चैत्र ७ गते बसेको बैठकले विराटनगरस्थित नेशनल टे«डिङको खाली भवनलाई ७ दिनभित्रमा ५० शैय्याको अस्पतालको रुपमा परिणत गर्ने निर्णय गरेको थियो ।

झापाबाट प्रकाशित लोकतन्त्र पोस्ट् दैनिकको अनलाईनका अनुसार बहत्तर सालको महाभूकम्पका बेला राहत प्रदान गरेर सबैको विश्वास जितेको मेची अभियानका संयोजक विजय डालमियाले लकडाउनका कारण मेचीनगरका कोही पनि खान नपाएर भोकभोकै बस्नु नपरोस् भन्ने उद्देश्यले अहिले फेरि अभियानलाई ब्युँताइएको बताएका छन् ।

चीनको उहान सहरबाट विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण नेपालमा फैलिन नदिन सरकारले देशभर लकडाउनको कडा कदम चालेको छ । लकडाउनको म्याद आठ दिनका लागि थपिएसँगै दैनिक ज्याला मजदुरी गरेर विहान बेलुकाको हातम्ुख जोड्दै आएका अति विपन्न परिवारको भने बिचल्ली हुने स्थिति उत्पन्न भइसकेको छ

Loading...