आजको मौषम : मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, १९ चैत । आज उपत्यकासहित मध्य र पूर्वका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका पहाडी भूभागमा पनि वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी भूभाग र तराईका केही स्थान छाडेर आंशिक बदली रहेको छ । पूर्वी भूभागमा पनि आंशिक बदली भएको छ । काठमाडौं उपत्यकामा पनि भिजिबिलिटी कम भएको छ । बिहानको मौसममा धुम्मिदै गएको छ मौसम ।

देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार भने मौसम सफा रहने मौसमविद् अर्यालले बताए ।

Loading...