नर्सलाई घरबाट निकाल्ने वडासचिव पक्राउ

दाङ, १८ चैत । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट हटाउने घोराही उपमहानगरपालिका २ का सचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

घोराही १८ नवलपुरमा रहेको आचार्यको घरमा डेरमा बस्दै आएकी नर्सलाई सचिव आचार्यले कोरोना भाइरस सर्न भन्दै कोठाबाट निकालेका थिए ।

तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई उनले कोठाबाट निकालेको आरोपमा वडासचिव आचार्यलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

Loading...